कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सर्लाहीको बरहथवामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला 

सर्लाही — सर्लाहीको बरहथवामा हत्यागरी फालिएको  एक महिलाको शव फेला परेको छ । बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या गरी फालिएको शव खेतमा फेला परेको हो ।

महतोको घरबाट करिa डेढ किलोमिटर टाढा कमल रायको खेतमा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतक महिलाको अनुहार र घाँटीमा निलडाम देखिएको छ । प्रहरीले घटनालगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शंकर महतो र कान्छी श्रीमती वर्षीया सजनीदेवी महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ५, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×