कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । 

महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले 

'गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको छ,' मेयर मण्डलले कान्तिपुरसँग भने, '३ घण्टादेखि आगो निभाउने प्रयास गरिरहेका छौं तर सफल भएका छैनौँ ।'

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको मेयर मण्डलले जानकारी दिए ।



प्रकाशित : वैशाख १२, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?