२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ

अवधेशकुमार झा

राजविराज — लागुऔषध गाँजा सप्तकोसी नदीबाट डुंगामा राखेर भारततर्फ तस्करी हुने गरेको पुष्टि भएको छ । सप्तरीको कोसी ब्यारेज क्षेत्रबाट भारततर्फ लागुऔषध गाँजाको कारोबार हुँदै आएकोबारे चर्चा हुने गरेको थियो । यसपटक प्रहरीले त्यो घटनाको पुष्टि गरेको हो ।

सोमबार प्रहरीले डुंगामा राखेर भाग्ने क्रममा पाँच किलो गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ का ललकु सदालाई प्लाष्टिक टेपले प्याक गरेको पाँच किलो गाँजा नाइलनको झोलामा राखेर कोसी ब्यारेजमा डुंगामा हालेर भाग्न लाग्दा नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि पनि कोसी ब्यारेज क्षेत्रबाट पटक-पटक गाँजा पक्राउ गरिँदै आएको छ । पहाडी जिल्लाहरुबाट गाँजा ल्याएर कोसी ब्यारेजमा भण्डारण गरिने र त्यहाबाट कोसी नदी हुँदै डुंगाको माध्यमबाट भारततर्फ तस्करी हुने गरेको छ ।

प्रहरीले यात्रुबाहक म्याजिक भ्यानबाट पनि पाँच सय ग्राम गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । गाइघाटतर्फ जाने सडक अन्तर्गत सुरुङगा नगरपालिका-४ कदमाहामा इलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरी टोलीले स १ ज ५५१ नम्बरको म्याजिक भ्यान रोकेर चेकजाँच गर्दा उदयपुर भलायोडाडा-७ कोल्टेवास टोलका बिशाल खपांगीले बोकेको रातो रंगको झोलामा रहेको पाँचसय ग्राम गाँजा फेला परेको छ ।

गाँजासहित खपाङ्गीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित : चैत्र २६, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?