कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रौतहटको विवादलाई लिएर वीरगञ्जमा तनाव, अनिश्चितकालीन कर्फ्यू आदेश

भूषण यादब

वीरगञ्ज — रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ ।

रौतहटको विवादलाई लिएर वीरगञ्जमा तनाव, अनिश्चितकालीन कर्फ्यू आदेश

गत बिहीबार भएको घटनापछि रौतहटमा शनिबारदेखि लगाइएको कर्फ्यू अझैसम्म निरन्तर छ । घटनाको विरोधमा सर्वसाधारण विभाजित भएर प्रदर्शनमा उत्रिन थालेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी वीरगञ्जमा पनि कर्फ्यू लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका ५ बजेदेखि अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरेका छन् ।

तत्काललाई वीरगञ्ज महानगरपालिकाको पूर्वमा 'नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू आदेश जारी भएको छ ।

ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्‍याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।

गत बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको बिषयलाई लिएर सोमबार वीरगञ्जमा पनि सर्वसाधारणले विरोध जुलुस निकालेका थिए । त्यसक्रममा दुई पक्षबीच विवाद र झडपको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।

'सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जाने स्थिति देखिएकोले कर्फ्यू लगाइएको छ,' प्रमुख जिल्ला अधिकारी भुसालले भनेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?