कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुर्घटनामा पूर्वअनुसन्धान अधिकृतको मृत्यु 

लक्ष्मी साह

बारा — नेपालको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत विष्णु थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । 

दुर्घटनामा पूर्वअनुसन्धान अधिकृतको मृत्यु 

बाराको मानमत-मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैया गाउँमा बुधबार साँझ सवारी दुर्घटना हुँदा घाइते भएका ६० वर्षीय थापाको कलैयाको राजलक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार थापाले चलाएका ना३०प ९८३० मोटरसाइकल ना८ख २१९५ नम्बरको टिपरसँग ठोकिएको हो ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गको छेउमा जितपुरसिमरा उपमहानगरपालिका-१६ मा पर्ने पिलुवा गाउँबाट कलैयातर्फ आउँदै गरेका थापाको सवार मोटरसाइकल र कलैयाबाट पिलुवातर्फ जाँदै गरेको टिपर आपसमा ठोक्किएको थियो ।

टिपर चालक फरार छन् भने टिपर प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । थापाको शव कलैया प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

पुर्ख्यौली काभ्रे भएका थापा पछिल्लो समय कलैया-५ घुसुकपुरमा परिवारसहित बस्दै आएका थिए । जागिरको सिलसिलामा उनी लामो समय बारामै बसेका थिए ।


प्रकाशित : माघ २४, २०८० २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?