२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीको प्रदर्शन

अवधेश झा

राजविराज — ट्रकको ठक्करबाट मंगलबार सप्तरीको रूपनीमा एक बालकको मृत्यु भएपछि चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयहरूले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनले अहिले रूपनी सडक खण्ड अवरुद्ध बनेको छ ।

ट्रकको ठक्करबाट रुपनी -१ का १२ वर्षीय मो रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ प १०८४ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा गइरहेका मो रहमानलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट सख्त घाइते भएका उनलाई स्थानीय यूनिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पढाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकसहित चालक मोरङको बुढीगंगा गाउँपालिका ३ गोकुवाका रामबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार २६, २०८० १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?