कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

सुरक्षा माग गर्दै बर्दिवासका व्यवसायीको प्रदर्शन

सुनिता बराल

महोत्तरी — चोरीका घटना बढेपछि महोत्तरीको बर्दिवास बजारमा व्यवसाय सुरक्षित नभएको भन्दै व्यवसायीहरूले विरोध र्‍याली निकालेका छन् । बर्दिवास १४ स्थित औरही रोडमा रहेका दुईवटा सुनचाँदी पसलमा एकै दिन चोरी भएपछि व्यवसाय सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको सुनचाँदी व्यवसयी संघ महोत्तरीका महासचिव विनोद भण्डारीले बताए ।

सुरक्षा माग गर्दै बर्दिवासका व्यवसायीको प्रदर्शन

आईतबार विहान ३ बजे न्यू साई ज्वेलर्स र श्रीहरी ज्वेलर्सको सटर खोली पसलबाट सेफ (लकर) र तयारी गरगहना सहित ७० लाख बराबरको धनमाल चोरी भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रहरीको बिट जनिकै मुख्य बजारक्षेत्रमा यस्तो घटना हुनु र समयमै प्रशासनले घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु व्यवसाय सुरक्षाको चुनौती रहेको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए ।

बर्दिवास बजारमा भएको चोरीको घटनाप्रति विभिन्न संघसंस्थाले खेद प्रकट गरेका छन् । बर्दिवास नगरपालिका, जिल्ला प्रशासन, इलाका प्रशासन र प्रहरीलाई ध्यनाकर्षण समेत बुझाइने खड्काले बताए । बजार क्षेत्रका हरेक चोक चोकमा सीसीटीभी लगाई चोरीमा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने र आगामी दिनमा व्यवसायको सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग व्यवसयाीले राखेका छन् ।

केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि अहिले पुष्टी भइनसकेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । राजमार्गमा सीसी क्यामेरा नहुँदा घटनामाथि अनुसन्धान गर्न केही जटिलता भएको भए पनि प्रहरी अनुसन्धानमै रहेको गौतमले बताए ।

प्रकाशित : असार ११, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?