मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर चोकमा मोटरसाइकलको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स १० प ६३२० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री नवराजपुर गाउँपालिका–४ का ५५ वर्षीय छबिलप्रसाद साहको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । मोटरसाइकलले साहलाई सोमबार राति साढे ९ बजे ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक ३२ वर्षीय अरविन्द मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित : जेष्ठ १६, २०८० ११:५३