कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ

अवधेशकुमार झा

राजविराज — स्रोत नखुलेको पाँच सय दरका भारतीय नोटसहित सप्तरी प्रहरीले राजविराजबाट एक जनालाई नियन्त्रणमा लिएको छ । 

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ

आइतबार राति राजविराज–७ स्थित गजेन्द्र चौकमा रोकी राखिएको स १ त १३७४ नम्बरको पिकअप लाई जाँच गर्दा स्रोत नखुलेको भारतीय पाँच सय दरका ४ सय थान नोट (दुई लाख भारतीय रुपैयाँ) बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

रकम, पिकअप र चालक राजविराज नगरपालिका ९ मलेठका श्याम सुरेश यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको डीएसपी सिंहले जनाए ।

प्रकाशित : जेष्ठ १५, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?