कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेतामाथि कुटपिटको विरोधमा राजविराजमा फेरि जसपाको प्रदर्शन

अवधेश झा

सप्तरी — जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई प्रहरी निरीक्षकले कुटपिट गरेको आरोपमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले बुधबार पनि राजविराजमा प्रदर्शन गरेका छन् ।

नेतामाथि कुटपिटको विरोधमा राजविराजमा फेरि जसपाको प्रदर्शन

उनीहरु मसाल जुलुससहित बजार परिक्रमापश्चात् जिल्ला प्रहरी कार्यालयको मूलगेटमा पुगेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडपसमेत भएको छ ।

जिल्ला अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालयभित्र प्रहरी निरीक्षक नवीन थापामगरले कुटपिट गरेको भन्दै जसपा कार्यकर्ता मंगलबारदेखि प्रदर्शनमा छन् ।

प्रकाशित : चैत्र २२, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?