किसानको वर्गीकरण गरी सुविधा बाँडिनेछ : कृषिमन्त्री साह- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानको वर्गीकरण गरी सुविधा बाँडिनेछ : कृषिमन्त्री साह

लक्ष्मी साह

बारा — कृषिमन्त्री ज्वालाकुमारी साहले किसानको वर्गीकरण गरी कृषिजन्य सुविधा बाँड्ने बताएकी छन् । गृहजिल्ला बाराको निर्वाचन क्षेत्र नम्बर २ पचरौता नगरपालिकाद्वारा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताएकी हुन् ।

'देशमा बिचाैलीयाकाे हाबी हुँदा वास्तविक किसान कृषिजन्य सुविधा पाउनबाट वञ्चित रहेका छन्, जबसम्म म कृषिमन्त्रीको रुपमा बस्छु तबसम्म किसानलाई हरियाे, निलाे, पहेंलाे, राताे कार्ड मार्फत वर्गीकरण गरी मल, कृषि औजार, सिँचाइ सुविधा, बिउलगायत सुविधा उपलब्ध गराउँछु,' मन्त्री साहले भनिन् ।

बिचाैलीयालाई तह लगाएर किसानकाे हातमा जसरी पनि सबै सुविधा उपलब्ध गराउनले उनले प्रतिबद्धता जनाएकी छन् । यसअघि पनि केपी ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्री बनेकी उनले कृषिमा समृद्धि ल्याउने आफ्नाे याेजना रहेकाे बताइन् ।

प्रकाशित : माघ १०, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्

बारामा ३ सय ३२ फरार अभियुक्त पक्राउ

लक्ष्मी साह

बारा — प्रहरीले बाराका विभिन्न स्थानबाट अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ जना फरार आरोपितहरूलाई एकै दिन पक्राउ गरी अदालतमा बुझाएको छ ।

उनीहरुलाई सोमबार बिहानैदेखि बेलुकासम्म योजनाबद्ध ढंगले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका त्यस्ता फरार प्रतिवादीहरुमध्येका कोहीलाई प्रहरीले देखेर पनि नदेखे झैं बेवास्ता गर्दै आएकाले यसअघि उनीहरु पक्राउ पर्न सकेका थिएनन् ।

केही भने प्रहरीलाई छलेर लुकीछिपी बस्दै आएका थिए । विभिन्न अपराध र कसुरमा दोषी ठहर भएर पनि जरिवाना तथा सजायबाट उम्केर बस्नेहरुको अदालत र प्रहरीमा लामै सूची छ ।

‘फैसला कार्यान्वयनमा ल्याई राज्यको विधि र कानुनको सम्मान गर्ने उदेश्यले फरारहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ गरिएको छ,’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।’

उनका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बारा कलैया उपमहानगरपालिका १ का विजय दासदेखि बैकिङ कसुर मुद्दामा ७ लाखसम्म जरिवानामा परेका पचरौता नगरपालिका २ का एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय परेका निजगढ नगरपालिका १ बस्ने बासु चौधरी लगयात छन् । पक्राउ परेकामध्ये ३६ जनालाई पर्साको वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् । प्रहरीका अनुसार अधिकांश हत्या, सवारी ज्यान, हातहतियार तथा लागूऔषध ओसारपसार, किर्ते, चोरी डकैती, लेनदेनलगायत मुद्दाका दोषीहरु पक्राउ परेका हुन् ।

प्रकाशित : माघ १०, २०७९ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×