कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

विराटनगर — सुनसरीको इटहरी उपमहानगरपालिका–४ को  मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । 

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

सोमवार दिउँसो मलामीहरु इटहरी-४ गैरीगाउँका उमेश तामाङ र धरानका अनिल तामाङले चिर्पट प्रहार गर्दा 'मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकाश समिति' का कामदार २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुटपिटबाट घाइते तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको थियो । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । अर्का आरोपी अनिल तामाङ फरार छन् ।

प्रकाशित : वैशाख ३, २०८१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?