कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

डढेलो सल्किँदा एक घर जलेर नष्ट

धनकुटा — धनकुटा नगरपालिका-९ सल्लेरीमा बिहीबार वनको डढेलो बस्तीमा सल्किँदा एक घरमा क्षति पुगेको छ ।

स्थानीय चन्द्रबहादुर मगरको कच्ची एक तले घर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ। सल्लेरी सामुदायिक वनमा लागेको डढेलोले बेलुकी करिब पाँच बजे मगरको घरमा सल्किएको थियो । वेलहारा प्रहरी पोष्टबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको थियो ।

घरभित्रको अन्नपात, भाडावर्तन लगायत सम्पूर्ण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो एक महिनामा दर्जन बढी घरहरुमा आगलागीबाट क्षति पुगेको जनाइएको छ ।

प्रकाशित : चैत्र २९, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?