२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

हुलाक खारेजीको निर्णयविरुद्ध इलाममा कर्मचारीको आन्दोलन

विप्लव भट्टराई

इलाम — सरकारले आगामी साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि इलामका हुलाक कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

हुलाक खारेजीको निर्णयविरुद्ध इलाममा कर्मचारीको आन्दोलन

सरकारको निर्णयले लामो समयसम्म गरेको सेवाको मूल्यांकनबिना काम छाड्नु परेको भन्दै उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । इलामका ४० अतिरिक्त हुलाकमा १५७ कर्मचारी छन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा आइतबार सदरमुकाममा भेला भएका कर्मचारीहरुले जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी र हुलाक प्रमुखलाई ज्ञापनपत्र दिँदै आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अनवरत संघर्ष गरेको योगदानलाई कतै कदर नगरेको बताए ।

बिनाविकल्प कर्मचारीलाई सेवामुक्त गर्नु अन्याय भएको भन्दै आन्दोलनमा उत्रनु परेको एसोसिएसनका जिल्ला अध्यक्ष लिलानाथ लम्सालले बताए । नेपाल सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी देशभरका अतिरक्त हुलाक खारेज गर्ने जनाएको हो । अतिरिक्त हुलाक खारेज हुँदा देशभरमा ११ हजार कर्मचारी रित्तो हात घर फर्कनु पर्नेछ ।


प्रकाशित : असार ३, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?