कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फाइनल खेलको दोस्रो दिन पनि दर्शकको ओइरो

तस्बिर : हेमन्त श्रेष्ठ, केशव थापा

काठमाडौँ — वर्षाका कारण रोकिएको नेपाल र युएईबीचको फाइनल खेल हेर्न दोस्रो दिन पनि कीर्तिपुरमा दर्शक ओइरिएका छन् । त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि एसीसी प्रिमियर कप अन्तर्गत युएई र नेपालबीच फाइनल खेल सुरू भएको हो । सोमबार पानी परिरहँदा समेत दर्शक र समर्थकहरू खेलको प्रतीक्षामा छाता र रेनकोट आढेर खेलको प्रतीक्षामा थिए ।

नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ । यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट गरेपछि नेपाल सामु प्रतियोगिता जित्दै एसिया कपमा छनोट हुने राम्रो अवसर आएको हो । सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेलले निरन्तरता पाएको हो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए । उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । उनै ललितले सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ४ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे ।


प्रकाशित : वैशाख १९, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्