भाखा नाघेको कर्जा चुक्ता गर्दा जरिवानामा शतप्रतिशत छुट

वैशाख २५, २०८१

कान्तिपुर संवाददाता

100% discount on penalty for repayment of overdue loans

काठमाडौँ — एनआईसी एसिया बैंकले ०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले आगामी जेठभित्र ऋण चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने जनाएको छ । साथै बैंकले साधारण बक्यौता ब्याज रकममा समेत १५ देखि ३५ प्रतिशत छुट दिने योजना ल्याएको छ । 

यसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेका ऋणीलाई १५ प्रतिशत र १८१ दिनदेखि ३६५ दिन भाखा नाघेका ऋणीलाई २५ प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै ३६५ दिनभन्दा बढी भाखा नाघेका ऋणीलाई ३५ प्रतिशत छुट दिने पनि बताइएको छ । 

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्बिङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका जुनसुकै कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको भनाइ छ ।

कान्तिपुर

Link copied successfully