कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

लामिछानेको द्वैध भूमिका

पाठक पत्र

संसद्मा आफू प्रतिपक्षीको बेन्चमा बसेका बेला कुनै व्यक्तिमाथि आरोप लागे प्रमाण फेला परोस् या नपरोस्, त्यस्ता व्यक्तिलाई छानबिनको दायरामा ल्याउनै पर्छ भनेर घोक्रो सुक्ने गरी बोल्ने रवि लामिछाने आज आफूमाथि यत्रो आरोप लाग्दा पनि सत्ता र पदको आडमा आफैं न्यायाधीश बनेर एकोहोरो आफू निर्दोष छु भनिरहेका छन् ।

उनी निर्दोषै होलान् तर उनले नै भनेको जस्तो नाम आइसकेपछि छानबिनका लागि भए पनि आफूले बाटो खोलिदिनुपर्छ कि पर्दैन ? जुन अरूले होइन, उनी आफैंले बोलेको कुरा हो । एक ठाउँबाट मात्र होइन, विभिन्न सहकारी ठगी प्रकरणमा उनको नाम एकपछि अर्को गर्दै आइरहेको छ । उसैगरी प्रमाण पनि आइरहेकै छन् ।

आफू निर्दोष छु भन्नेमा ढुक्क भएको भए आफूमाथि छानबिन होस् भनेर निडरताका साथ बाटो खोलिदिनुपर्ने होइन र ? यसअघि यस्तै फरक प्रकरणमा नाम मुछिएका पुराना राजनीतिक दलका नेताले बरु सम्बन्धित पदबाट राजीनामा गरेर छानबिनका लागि सहज बनाइदिने भूमिका निभाएका थिए । तर आज नयाँ भन्ने व्यक्तिले नै यस्तो मेरो गोरुको बाह्रै टक्का गरेर बस्दा आफूमाथिको जनविश्वासलाई कसरी जोगाउन सक्लान् ?

आफूले आफैंलाई निर्दोष साबित गराउने उनी एउटा समितिलाई छानबिनका लागि मार्गप्रशस्त गराउन किन बार हालिरहेका छन् ? अरूले गरेको गल्तीको भागीदार उनलाई कसैले पनि बनाउन चाहेको होइन । तर बेलैमा प्रक्रियामा जान नचाहँदा उनी आफैं त्यसको झन् गहिराइमा डुब्न पुगिरहेका छन् ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : वैशाख ६, २०८१ ०५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?