२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

पानीको चुलिँदो संकट

पाठक पत्र

चैत सकिएर वैशाख लागेको छ । राजधानीलगायत देशका विभिन्न भूभागमा पानीको हाहाकार बन्दै गएको समाचार आइरहेको छ । राजधानीमा डिप बोरिङका कारण पानीको सतह घट्दै गएको छ ।

हिजो १० फिटमा पानी पाइन्थ्यो, अहिले ५० फिट खन्दा पानी आउँदैन । जलस्रोतको धनी देश नेपालका जनता पानी किनेर खान बाध्य छन्् । तैपनि पानीको गुणस्तरमा ढुक्क हुन सकिँदैन ।

एक जार पानीको मूल्य ५०–६० रुपैयाँ लिन्छन् । सरकारले कम्तीमा खानेपानीको जोहो मात्र राम्रो गरिदिने हो भने जनतालाई ठूलो राहत हुन्थ्यो । जनतालाई सपना मात्र नदेखाइयोस्, सुविधा उपलब्ध गराइयोस् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख ४, २०८१ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?