कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

कूटनीतिक सम्बन्धको चिरफार

पाठक पत्र

शुक्रबार कान्तिपुरमा प्रकाशित सुधीर शर्माको लेख ‘तेस्रो छिमेकी’ सँगको साइनोमा हाम्रा दुई छिमेकी देश र अमेरिकासँग नेपालको विगत र वर्तमानमा भएगरेका कूटनैतिक सम्बन्धलाई केलाउने प्रयास गरिएको छ  । एकताका विश्व दुई ध्रुवमा बाँधिएको थियो  ।

शुक्रबार कान्तिपुरमा प्रकाशित सुधीर शर्माको लेख ‘तेस्रो छिमेकी’ सँगको साइनोमा हाम्रा दुई छिमेकी देश र अमेरिकासँग नेपालको विगत र वर्तमानमा भएगरेका कूटनैतिक सम्बन्धलाई केलाउने प्रयास गरिएको छ । एकताका विश्व दुई ध्रुवमा बाँधिएको थियो । एकातिर अमेरिका र अर्कोतिर रूस थियो ।

यी दुवै देश आआफ्नो प्रभाव क्षेत्र विस्तारमा लाग्दा संसार नै दुई भागमा विभाजितजस्तो देखिएको थियो । भलै भारतले असंलग्न नीति अख्तियार गरे पनि रुससँग नजिक र अमेरिकासँग टाढा थियो । त्यो समयमा पनि नेपालमा भने दुईवटै शक्ति राष्ट्र कूटनैतिक नियोगसहित स्थायी दूतावास स्थापनाका साथ काठमाडौंमा उपस्थित थियो ।

हालै भारतका प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण र त्यहाँ भएका समझौता ‘सामरिक समझदारी’ को चरणमा प्रवेश गरेको छ । यहाँ अमेरिकाको उद्देश्य स्पष्ट देखिन्छ– प्रतिरक्षा क्षेत्रमा रुससँग भारतको निर्भरता घटाउँदै लैजाने र ‘चिनियाँ खतरा’ सँग जुध्न दक्षिण एसियाली कमान्डरका रूपमा खडा गर्ने । भारत पनि प्रस्टैजस्तो देखिन्छ– अमेरिका भर्सेज रुस–चीनको होडबाजीबाट सक्दो लाभ उठाउने ।

नेपालमा बेलाबखत आफ्नो स्वार्थ बाझिएपछि नाकाबन्दी लगाउने, सीमा नाका नखोल्ने, ईपीजी प्रतिबेदन नबुझ्नेजस्ता अनेक झमेलाबाट पार पाउन पनि नेपाललाई पनि ठूलो अन्तर्राष्ट्रिय मित्र आवश्यकता छ । जति वैदेशिक सम्बन्धलाई विविधीकरण गर्न सक्यो उति नेपालीलाई सजिलो हुने हो । यस अर्थमा हाम्रो ‘तेस्रो छिमेकी’ मान्न सकिने विश्व शक्ति अमेरिकासँग सतर्कतापूर्वक गरिने सहकार्यमा पनि सान्दर्भिकता छ ।

वास्तवमा नेपालले स्थायी जोड अमेरिकासँग स्वतन्त्र द्विपक्षीय सम्बन्ध विस्तार गर्नुमा छ । बच्नुपर्ने त उसको चीनलक्षित रणनीतिमा लपेटिन सक्ने खतराबाट मात्र हो । वर्तमान कालखण्डमा नेपाली परराष्ट्र सम्बन्धको सबभन्दा ठूलो चुनौती भनेकै भारत, चीन र अमेरिकाका महत्त्वाकांक्षाको अंग नबनी आफ्नो हितरक्षा गर्नु हो । लेखकका अनुसार हामी कुनै एक ध्रुवमा उभिन खोज्यौं भने अरूबाट आउने तीव्र प्रतिक्रियाको वेग थाम्नै नसक्ने अवस्थामा पुग्छौं ।

नेपालको समग्र प्रयत्न यी शक्तिराष्ट्रहरूको होडबाजीमा फस्ने होइन, त्यसबाट लाभ लिनेतर्फ केन्द्रित हुनुपर्छ ।
– वीरेन्द्र सुवाल, ब्यासी, भक्तपुर

प्रकाशित : असार १८, २०८० ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?