कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'आयल निगमका पूर्वमहानिर्देशक खड्का भ्रष्टाचारी ठहर' समाचारमा फेसबुकबाट लिइएका टिप्पणी:

पाठक पत्र

अर्बौं कमाएर करोड तिर्नु सामान्य कुरा हो यिनीहरूका लागि । यस्तो प्रकारको सजायले त ट्रेलर मात्र देखाउने भयो, फिल्म हेर्न त १० वर्ष जेलमा सडाउनुपर्छ ।
– एउटा यात्री

यस्ता भ्रष्टाचारीलाई त जन्मकैद, जेल र सबै सम्पत्ति जफत गर्नुपर्ने हो । आयल निगमलाई खोक्रो पार्ने त यस्तै पाखण्डीले त हो नि ।
– हरि बराल

यस्ता खाले सबै भ्रष्टाचारीहरूलाई कारबाही गरी उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर ।
– कृताबहादुर बुढा

भएभरको चलअचल सम्पत्ति सरकारको नाममा होस् ।
– दनुवार प्रदीप

अब आयल निगममा पनि अर्को कुलमान चाहियो ।
– रमेह पारधे

त्यो जाबो जरिवाना त तिरिहाल्छन् नि ? यी तिनी भ्रष्टाचारीलाई त सर्वस्वसहितको कारबाही हुनुपर्थ्यो । जे भए पनि एक–एक गर्दै ठूला भ्रष्टाचारीले सजाय पाउँदै छन् । भ्रष्टाचार नियन्त्रणको शुभसंकेत । सरकारको जय होस् ।
– देवी बस्नेत

यो क्रम जारी रहोस् । अरू ठूला माछा पनि परून् ।
– अपार न्यौपाने

नेपाल आयल निगम सधैं घाटामा छ भनिन्छ, कारण यस्तो रहेछ । सबैलाई छानबिन गर्नुपर्‍यो र जेल हाल्नुपर्‍यो ।
– देव थापा कान्छा

अब ठूला माछाहरूको पनि मुटु हल्लिन थालेको छ ।
– रावल मीन क्षत्री

अहिलेको सरकारजस्तो जिम्मेवारीका साथ अरूको पालामा पनि यसरी नै कडाइका साथ काम गरेको भए आज नेपालको भविष्य अर्कै हुने थियो ।
– विशाल बोहरा

यस्ता भ्रष्टाचारीलाई १५ महिना कैद र जरिवानाले केही हुनेछैन । यस्तालाई त जरिवानासहित ३ पुस्ते सरकारी कामकाज र जागिरमा प्रतिबन्ध लगाउनुपर्छ । अपराधीलाई फाँसी दिने कानुन बनाउनुपर्छ ।
– पुमु केछाङ लिम्बू

िनिगम जहिल्यै घाटा रहनुको कारण यस्तो पो र छ । भाको जति कुम्ल्याएर घरमा भित्र्याएपछि कसरी फाइदामा चल्थ्यो ?
– विमल पहराज

देशका धमिरा नालायक, हेर्दै भ्रष्टाचारी देखिन्छ । यस्ता भ्रष्टाचारीहरू राज्यको माथिल्लो तहमा पुगेपछि गर्ने यस्तै काम रहेछ अनि देशले काँचुली कहिले फेर्छ र ?
– कमल पृथक

अदालतका न्यायाधीश, पुलिस र सरकारी कर्मचारीले सही काम गर्दिने हो भने देश अगाडि बढ्न धेरै समय लाग्दैन ।
– गुमन खड्का

प्रकाशित : असार १७, २०८० १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?