कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइ योजना अधुरै

दैलेख — निर्माण सुरु भएको ३१ वर्षसम्म गीताचौर–रावतकोट सिँचाइ योजना पूरा नहुँदा स्थानीय किसान मर्कामा परेका छन् ।

उक्त योजना ०४२ सालबाट निर्माण थलिएको थियो । सिँचाइ डिभिजन कार्यालयले प्रत्येक वर्ष आयोजनाका लागि बजेट विनियोजन गर्दै आएको छ ।

आयोजनामा अहिलेसम्म करिब ४ करोड ८ लाख रुपैयाँ खर्च भइसकेको कार्यालयले जनायो । ३१ वर्षअघि मुहानमा बनाइएको कुलो अहिले जीर्ण बनेको छ । योजना क्षेत्रफलको हिसाबले पश्चिमी पहाडको सबैभन्दा ठूलो हो । डिभिजन कार्यालय सुर्खेतमा हुँदा मजदुरी गरेका स्थानीयले अझैसम्म ज्याला पाउन सकेका छैनन् । तर, दैलेखमै डिभिजन कार्यालय स्थापना भएदेखि पनि उक्त काम निरन्तर भइरहेको छ । विगतमा उपभोक्ता समिति र ठेकेदारकै लापरबाहीले सिँचाइ पूरा हुन नसकेको डिभिजन कार्यालय प्रमुख तारा वाग्लेले बताए ।

प्रकाशित : माघ २७, २०७३ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?