कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१९० विद्यार्थी वञ्चित

भरतपुर ब्युरो

भरतपुर — पहिलोपटक सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) बाट चितवनका १९० विद्यार्थी वञ्चित भएका छन् ।


हाजिर नपुगेको र फाराम भरेर अनुपस्थित रहेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको जिशिकाले जनाएको छ । ‘शिक्षा नियमावलीअनुसार वर्षभरि ७५ प्रतिशत हाजिर हुनुपर्नेमा नभएको र फाराम नभरेकाले उनीहरूलाई परीक्षामा सहभागी गराउन नसकिएको जिशिअ गोविन्दप्रसाद अर्यालले बताए । जिल्लाभर सबै स्थानमा मर्यादित र शान्त वातावारणमा परीक्षा भइरहेको उनले जनाए । जिल्लामा यस वर्ष १२ हजार २ सय ३३ परीक्षार्थीले फाराम भरेका थिए । त्यसमध्ये १९० विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् ।
हेटौंडामा प्रहरी हिरासत र जेलजीवन बिताइरहेका १२ कैदीबन्दीले एसईई परीक्षा दिइरहेका छन् । यसैगरी हेटौंडा ५ को बालज्योति माविमा अध्ययन गरेका दृष्टिविहीन भीमबहादुर तामाङले लेखन सहयोगी लिएर जीएस निकेतन केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
यसैबीच वनकरिया समुदायकी सन्तोषी वनकरियाले निर्मल उमावि बस्तीपुरबाट एसईई परीक्षामा सहभागी भएकी छन् । यो समुदायबाट एसईई परीक्षा दिने उनी दोस्रो हुन् । जिल्लामा २४ केन्द्रबाट ६ हजार ७ सय ७४ परीक्षार्थी सहभागी रहेको जिशिअ वीरेन्द्रजंग थापाले जानकारी दिए ।
सर्लाहीको गम्हरीया केन्द्रमा चिट चोराइरहेका भेल्हीका शिक्षकलाई पक्राउ गरिएको एसपी उत्तमराज सुवेदीले बताए । जिल्लाका ३३ केन्द्रमा सञ्चालित परीक्षा मर्यादित भएको जिशिकाले जनाएको छ । नियमित र एक्जाम्टेड गरी ९ हजार ९ सय ५५ परीक्षार्थीमध्ये ३७९ जना अनुपस्थित रहे ।
पर्सामा सुरु एसईई परीक्षामा वीरगन्ज कारागारका १९ कैदीबन्दी सहभागी छन् । यति धेरै संख्यामा कैदीले एकसाथ परीक्षा दिएको यो पहिलोपटक हो । स्थानीय त्रिजुद्ध मावि केन्द्रबाट उनीहरूले परीक्षामा सहभागी भएको कारागारका शिक्षक दीपक ठाकुरले बताए । यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ८ हजार ९ सय १ परीक्षार्थी सहभागी रहेको जिशिकाले जनाएको छ । जिशिअ केदार तिवारीका अनुसार, नियमिततर्फ ६ हजार ८ सय ११, जीपीए एक्जाम्टेडतर्फ ६ सय ७५ र ननजीपीए एक्जाम्टेड ४ सय १५ गरी १ हजार ९० आंशिक परीक्षार्थी छन् ।

प्रकाशित : चैत्र ५, २०७३ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?