३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पश्चिम वायुले छिनछिनमै बदलाव

काठमाडौं — पश्चिमी वायु बाटो बदल्दै पूर्वतिर सर्दै आएकाले मौसममा छिनछिनमा बदलाव आइरहेको मौसमविद्हरूले विश्लेषण गरेका छन् । ‘पश्चिमबाट आउने वायु नियमित जस्तो छैन,’ काठमाडौं विश्वविद्यालयमा जलवायु विज्ञानका प्राध्यापक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले कान्तिपुरसित भने, ‘उत्तरपश्चिम हुँदै आउनुपर्ने वायुले बाटो बदलेको देखिन्छ, त्यही भएर असर पनि फरक देखिएको छ ।’

पश्चिमी वायुले ल्याउने चिसोको मात्रा अघिल्ला समयभन्दा भिन्न देखिएकाले प्रभाव पनि नौलो भएको शाक्यको बुझाइ छ । ‘चैतमा यस्तो चिसो नहुनुपर्ने हो,’ उनले भने, ‘मौसमी गतिविधिमा छिनछिनमै फेरबदल आइरहेकाले पानी पर्ने, असिना पर्ने र हिमपात हुने क्रम बढेको छ ।’ लगातार हिमपात र पश्चिमी चिसो वायु र सूर्यको ताप जमिनमा आउन नसकेका कारण सर्वसाधारणले चैतमा समेत चिसो महसुस गरेको उनी बताउँछन् । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार केही दिनअघि पश्चिम वायुसँगै मध्यपश्चिम र पूर्वी क्षेत्रसम्म न्यून चापीय प्रणाली भित्रिएको थियो । ‘त्यही प्रणालीले सुदूरदेखि पूर्वसम्म वर्षा, हिमपात र असिना पर्‍यो,’ पौडेलले भने, ‘स्थानीयस्तरमा उत्पन्न भएको मौसमी प्रणालीका कारण पनि मौसममा बदली भएको हो ।’

प्रकाशित : चैत्र ९, २०७३ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?