कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकै सिजनमा तेश्रो पटक सगरमाथाको चुचुरोमा पुगिन् पूर्णिमा

काठमाडौँ — हिमाल आरोही पुर्णिमा श्रेष्ठले एकै सिजनमा तेश्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छिन् । 

एकै सिजनमा तेश्रो पटक सगरमाथाको चुचुरोमा पुगिन् पूर्णिमा

शनिवार बिहान ५:५० बजे उनले सगरमाथाको सफल आरोहण गरेकी 'एट–के' एक्सपेडिसनका लाक्पा शेर्पाले जानकारी दिए । सगरमाथा आरोहणका हिसाबले यो उनको चौंथो आरोहण हो भने यससँगै एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिना बनेकी छन् ।

उनले यसअघि यही सिजनको मे १२ दोश्रोपटक र मे १९ मा तेश्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका-१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी छन् । उनले सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् ।

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन् ।

उनले नेपालमा रहेका ८ हजार मिटरभन्दा बढी उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । पूर्णिमाले पहिलोपटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन् । २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् ।

त्यसपछि श्रेष्ठले अन्नपूर्ण र धौलागिरि आरोहण गरिन् । उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । उनी फोटो पत्रकारसमेत हुन् ।

सम्बन्धित समाचार :

पूर्णिमाको पूर्णता


प्रकाशित : जेष्ठ १२, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?