१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सम्पदा संरक्षण गर्नु हामी सबैको दायित्व हो : राष्ट्रपति पौडेल

तनहुँ — राष्ट्रपति रामचन्द्र पौडेलले एतिहासिक पृष्ठभूमि बोकेका सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न हामी सबैको दायित्व भएको बताएका छन् । ऐतिहासिक तनहुँसुर दरबार परिसरमा भूकम्पपछि पुनर्निर्माण गरिएको खड्गदेवी मन्दिरको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

सम्पदा संरक्षण गर्नु हामी सबैको दायित्व हो : राष्ट्रपति पौडेल

विश्व सम्पदा दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्टपति पौडेलले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए । उनले भने, ‘यसको लागि पहिलो सर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रूप दिन अनिवार्य छ ।’

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरू र स्मारकहरू लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको बताए । यस्तै राष्ट्रपति पौडेलले म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन पनि उद्घाटन गरेका छन् ।

प्रकाशित : वैशाख ३, २०८१ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?