कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पार्टीको अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । संसदीय दलको सोमबारको बैठकमा अध्यक्ष तथा दलका नेता ओलीले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदहरूलाई सचेत गराएका हुन् । 

पार्टीको अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन

पार्टी प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरूले विभिन्न कार्यक्रममा जान सक्ने ओलीको भनाइ थियो । विगतमा सांसदहरूले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको उल्लेख गर्दै ओलीले त्यस्ता घटना दोहोरिन नदिनका लागि सचेत हुनुपर्ने बताएका हुन् ।

‘संसदीय समितिका बैठकहरूमा हाम्रो भुमिका अनुपस्थिति होइन, अनुपस्थितिको कारण चाहिन्छ । माननीयजीहरू कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ । माननीयहरू कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ । बिना इजाजत विदेश भयो भने त्यसले सन्देह पैदा गर्छ कसको निमन्त्रणामा गएको हो भनेर,' ओ‌लीले भने, 'हाम्रै पनि साथीहरू, अरु पार्टीका पनि साथीहरू बिना कसुर पनि, बिना दोष पनि अरुको फसाईमा फसेर कोही रातो पासपोर्ट काण्डमा परेका छन् । अर्को पटक उम्मेदवार पाएका छैनन्, त्यस्तो भएको छ । कारबाहीमा पर्नुपरेको छ ।'

विदेश जाने कार्यक्रमबारे पार्टीलाई जानकारी गरायो भने पार्टीले समयमै सचेत गराएर 'बचाउँछ, जोगाउँछ' भन्ने ओलीको भनाइ थियो । उनले भने, 'गल्ती हुनबाट जोगाएपछि सबै कुराबाट जोगिन्छ । पार्टीलाई जानकारी नगराई क्रियाकलाप गर्न खोजियो भने अनेक अप्ठ्याराहरूको फेला परिन्छ ।' उनले थपे, 'म सबै कुरा बुझिहाल्छु भन्ने होइन, नबुझ्न सकिन्छ । त्यसकारण कमसेकम दलका प्रमुख सचेतक उहाँहरूलाई जानकारी गराउनु पर्छ यस्तो निम्ता आएको छ । कस्तो निम्ता, कहाँको निम्ता, जान मिल्ने हो कि होइन ? मिल्ने परिस्थिति छ कि छैन ? कहिले कहिले प्रदेशसभामा यस्तो देखिएको छ । यही पनि त्यस्तो देखिएको छ । को–को सदस्यहरू बाहिर हुनुहुन्छ ? थाहा हुँदैन । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई पछि नभने पनि हुन्छ, आफैँ सावधान रहनुपर्छ ।’

प्रकाशित : वैशाख ३, २०८१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?