कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाशकुमार चौधरीको पनि दाबी पेस

काठमाडौँ — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाशकुमार चौधरीले पनि दाबी पेस गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा सांसद चौधरीले केहीबेर अघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाशकुमार चौधरीको पनि दाबी पेस

यसअघि नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मणकिशोर चौधरीले कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नागरिक उन्मुक्तिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीपक्षबीच विवादका कारण एकै दलबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस भएको हो ।

मुख्यमन्त्रीमा दाबी पेस गर्नेमध्ये लक्ष्मणकिशोर संरक्षक रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् । अध्यक्ष श्रेष्ठका पक्षमा दुई र संरक्षक चौधरीका पक्षमा चार सांसद छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५१ सदस्य रहेका छन् । कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरीलाई केही दिनअघि उनकै पार्टीले पदमुक्त गराएको छ । सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ ।

नवगठित सत्ता गठबन्धनमा रहेका दलअन्तर्गत हाल सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ६ र एकीकृत समाजवादीका ४ सांसद छन् ।त्यस्तै कांग्रेसको १८ र राप्रपाका १ सांसद छन् । त्यस्तै तारा जोशी स्वतन्त्र सांसदका रूपमा रहेका छन् ।

प्रकाशित : वैशाख २, २०८१ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?