कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

त्यस्तै, बझाङ प्रदेशसभा-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

'भर्खरै बैठक सकियो । लामो छलफल र प्रयासपछि हामीले उम्मेदवार टुंगो लगाएका छौँ,' उनले भने, 'इलाम-२ मा डम्बरजी पहिले नै पाँच वर्षका लागि उम्मेदवार बन्नुभएको हो । उहाँ झिनो मतले पराजित हुनुभएको थियो । त्यसकारण उहाँलाई नै सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय भएको छ ।'

खड्का इलाम जिल्ला सभापति हुन् । उनी ०७९ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवासकुमार नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।एमाले उम्मेदवार नेम्वाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका साझा उम्मेदवार खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

सभापति देउवाले बुधबारै इलाममा खड्का र बझाङमा सिंहको नाम उम्मेदवारका लागि प्रस्ताव गरेका थिए । तर नेता शेखर कोइराला पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने भन्दै अडान लिएपछि निर्णय हुन ढिला भएको थियो ।

मंगलबार र बुधबार दिनभर नेताहरुले छलफल गरेका थिए ।

प्रकाशित : चैत्र २२, २०८० १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?