कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

अहिलेको गठबन्धनलाई टिकाएर लैजान्छौं : अध्यक्ष ओली

भवानी भट्ट

कञ्चनपुर — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनलाई टिकाएर लैजाने बताएका छन् । ‘यो समिकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु,’ बिहीबार महेन्द्रनगरमा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले भने, ‘यसलाई टिकाएर लैजाने हो ।’

अहिलेको गठबन्धनलाई टिकाएर लैजान्छौं : अध्यक्ष ओली

उनले अहिलेको गठबन्धन भवितब्यमा नभई धेरै हिसाबकिताब र छलफल गरेर बनेको दाबी गरे ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई नेपाली जनताले बनाएको बताए । ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौं, चीन आयो चीनले बनायो भनेर हाम्रो अपमान गर्ने काम नगर्नुस्,’ उनले भने, ‘देश बनाउने संकल्पसहित अहिलेको सरकार बनेको हो ।’

उनले पुरानो गठबन्धन भत्किँदा कांग्रेसलाई ठूलो पीर परेको बताए । त्यही पीरले कांग्रेस छटपटाइरहेको उनले बताए । पुरानो गठबन्धन खरानीको डल्लो जस्तै भएकाले फुटेको उनले बताए ।

नयाँ समिकरण बनेसँगै सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए । उनले मिटरब्याजपीडित र आरती शाहसँग सहमति भएकोले सरकारले सकारात्मक र नतिजा दिने गरी काम गर्न थालेको बताए ।

अध्यक्ष ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न सुझाउँदै त्यसो हुन नसके स्वस्थ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रकाशित : चैत्र १, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?