कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे मनाेनयन दर्ता

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार  हुन् ।

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे मनाेनयन दर्ता

सत्ता गठबन्धनबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ ।

चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संघीय संसद् सदस्य विवरण, २०८०’ पुस्तकमा उल्लेख छ । त्यसअघि उनी २०२७ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकारसमेत भइसकेका छन् ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । मनोनीत वामदेव गौतमले कहाँ भोट हाल्ने खुलाएका छैनन् ।

त्यस्तै कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाएको हो। कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुन् ।

२०४५ मै कांग्रेसको बाँके सभापति भएर काम गरेका उनी २०२८ मा देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए । नेता सुशील कोइरालासँग विवादका कारण राजनीतिक रूपमा पछि परेका उनी दुई पटक बागी उम्मेदवारसमेत बनेका थिए । उनी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर २०७८ मा राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित : फाल्गुन २८, २०८० ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?