१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

प्रधानमन्त्री मातहत लगिएपछि राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणको उपादेयतामा प्रश्न उठ्यो : लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लिएको विषयमा असन्तुष्टि जनाएका छन् । ती निकायलाई प्रधानमन्त्री माहतहत लिएको विषयमा सार्वजनिक रूपमा गुनासो बढिरहेको पनि लामछानेको भनाइ थियो । उनले ती निकाय प्रधानमन्त्री कार्यालय मातहत गएपछि उपादेयतामाथि नै प्रश्न उठेको उनको भनाइ थियो । 

प्रधानमन्त्री मातहत लगिएपछि राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणको उपादेयतामा प्रश्न उठ्यो : लामिछाने

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा लामिछानेले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई शक्ति नभएकाहरूलाई डर र त्रास देखाउनका लागि प्रयोग गरिएको हो कि भन्ने पनि आशंका व्यक्त गरे ।

'राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत लगिएपछि यसको उपादेयता लगभग सकियो भन्ने गुनासो आएका छन्,' उनले भने । यी संस्थाहरूलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा ल्यायौं भन्ने तर्क गरिएपनि यी निकायको बारेमा सही सन्देश बाहिर नरहेको लामिछानेले भने ।

दलीय भागबण्डाको संस्कृतिको भार यी विभागमा परेको पनि लामिछानेको भनाइ थियो ।

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई देखाएर डर पैदा गरिएको लामिछानेको भनाइ थियो । उनले भने, 'कुनै समय अख्तियारको डर थियो, अहिले यसको डर भएको छ ।' यी निकायहरू डर देखाउनका लागि होइन, सही गर्नेलाई भर हुन् भन्ने गरी अगाडि बढाउनुपर्ने लामिछानेले बताए ।

व्यवसायीहरूमा पनि यी दुई संस्थाको डर पैदा भएको लामिछानेको भनाइ थियो । छापा हान्यो तर मुद्दा चलेन भन्ने धेरै कुरा आइरेको बताउँदै उनले छापा कति हानियो र त्यसमा मुद्दा कति चल्यो भन्ने प्रश्न गरे । 'सम्पत्ति शुद्धीकरणमा आफ्नो मान्छे चाहिन्छ भन्ने भाष्य सिर्जना भएको छ, यसले हामी कहाँ जान्छौं ?,' उनले प्रशन गरे ।

लामिछानेले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागले अनुसन्धान र छानबिनका कुरा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए । उनले भने, 'उजुरी र छानबिनका कुरा छताछुल्ल हुन्छन् । प्रारम्भिक छानबनिमा पनि मिडिया ट्रायल हुने गर्छन् ।'

राज्यका यी निकाय कमजोर गर्न नहुने लामिछानेको भनाइ थियो । उनले शक्तिशाली मानिस आफूसँग छैन भने भाष्यले लोकतन्त्र नै कमजोर हुने लामिछानेको भनाइ थियो । यी विषयमा नीति र नियत के रहेछ भन्ने कुरामा ध्यान दिनुपर्ने लामिछानकेो भनाइ थियो ।

प्रकाशित : फाल्गुन १७, २०८० १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?