न्याय परिषद्ले गर्‍यो उच्च अदालतमा २७ न्यायाधीश सिफारिस

काठमाडौँ — न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । 

न्याय परिषद्ले गर्‍यो उच्च अदालतमा २७ न्यायाधीश सिफारिस

न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

परिषद्को सिफारिसअनुसार उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । त्यस्तै शुक्रबारको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित : भाद्र २९, २०८० १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?