२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

संसद्‍ बैठक सूचना टाँसेर स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँसेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो ।

संसद्‍ बैठक सूचना टाँसेर स्थगित

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेका सांसदहरूले विरोध जनाएपछि संसद्‍ अवरुद्ध हुँदै आएको छ । सोमबार भने शीर्ष दलका नेताहरू बैठक बसेर संसद्‍ अवरोध हटाउनेबारे छलफल गरिरहेका छन् ।

सोमबार दुई चरणमा शीर्ष नेताहरूको बैठक बसे पनि छलफल निष्कर्षमा पुग्न नसकेपछि संसद्‍ स्थगित भएको छ ।

प्रकाशित : श्रावण २२, २०८० १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?