कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सरकारको नीति तथा कार्यक्रम : आगामी आर्थिक वर्ष कन्ट्री रेटिङ गरिने

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कन्ट्री रेटिङ गरिने बताएका छन् । मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम : आगामी आर्थिक वर्ष कन्ट्री रेटिङ गरिने

तेस्रो लगानी सम्मेलनअघि कन्ट्री रेटिङ गरिसक्ने बताए पनि सम्पन्न हुन सकेको थिएन । यद्यपि गत वैशाख १५ मा अर्थमन्त्री वर्षमान पुनले तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम सुरु भएको बताएका थिए ।

मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका छन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन ।

वैदेशिक लगानी बढाउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : जेष्ठ १, २०८१ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×