काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका छन् । मंगलबार संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने बताएका हुन् ।
उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने बताएका हुन् । तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने राष्ट्रपति पौडेलले बताएका छन् । साताअघि मात्रै मन्त्रिपरिषद् बैठकले उद्यम नीति स्वीकृत गरेको छ ।
सरकारले स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक सस्थाहरूसँग सहकार्य गरिने जनाएको छ । निजी क्षेत्रसहितको सहकार्यमा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टरको स्थापना गरि स्टार्टअपको विकास र प्रवर्द्धन गरिने सरकारले जनाएको छ ।
