कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

भन्सार प्रशासन र सुरक्षा निकायका प्रमुखलाई बर्खास्त नगरिए छानबिन प्रभावित हुन्छ : लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टल सुन प्रकरणमा भन्सार प्रशासन र सुरक्षा निकायका प्रमुखलाई बर्खास्त नगरिए छानबिनमा समस्या पर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बैठकमा लामिछानेले ठूला काण्डहरु पछि विषयलाई मत्थर पार्न कर्मचारीको सरुवा हुने गरेको बताए  ।

भन्सार प्रशासन र सुरक्षा निकायका प्रमुखलाई बर्खास्त नगरिए छानबिन प्रभावित हुन्छ : लामिछाने

'यस्तो घटना हुन्छन् त्यसपछि कर्मचारीको सरुवा हुन्छ किन ? सरकारलाई सोध्न चाहन्छु सरुवा भनेको कारबाही हो ? सरुवा गरेर कारबाही गरिएको हो कि पुरस्कार गरिएको हो ?,' उनले भने, 'यस्तो विभिन्न निकायका प्रमुखहरुलाई बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारीलाई सरुवा गरेर यसलाई शान्ति गर्ने हो ? सुन प्रकरणपछि पनि सम्बन्धित निकायका प्रमुखहरुलाई राख्दा त्यसले सुन प्रकारणको छानबिनमा असर पर्छ ।'

उनले ठूला काण्डहरु पछि विषयलाई मत्थर पार्न कर्मचारीको सरुवा हुने गरेको बताए । उनले ठूलो सुन तस्करी प्रकरणमा भरियामात्रै पक्राउ पर्ने र नाइके उम्कने कुरालाई जनताले आश्चर्यको रुपमा लिन छाडेको बताए । 'वर्षौंदेखिको सेटिङको कारणले ठूलो सुन काण्डपछि भरिया पक्राउ गर्ने गरेका छन्,' उनले भने ।

प्रकाशित : श्रावण १०, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?