कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

सत्ताधारी दलले देश लुटिरहेका छन्, हामी चुप लागेर बस्नु हुँदैन : अध्यक्ष ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाएका छन् । सत्तारुढ दलले नांगो नाच देेखाइरहेकाले एमाले चुप लागेर बस्न नहुनेसमेत ओलीले बताएका छन् ।

सत्ताधारी दलले देश लुटिरहेका छन्, हामी चुप लागेर बस्नु हुँदैन : अध्यक्ष ओली

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

'सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन,' अध्यक्ष ओलीले भने ।एमालेले सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।

सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रकाशित : श्रावण १०, २०८० १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?