कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

विमानस्थल सुन तस्करी प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको सूचना अधिकारी पूण्यविक्रम खड्काले इकान्तिपुरलाई जानकारी दिए । 

विमानस्थल सुन तस्करी प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति

विभागका निर्देशकसमेत रहेका प्रवक्ता खड्काले भने, 'अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । यस प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । तर भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो ।'

प्रवक्ता खड्काका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्‍याएको करिब १०० किलो सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ४, २०८० ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?