कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

काठमाडौँ — कान्तिपुरका विज्ञान तथा वातावरण संवाददाता गोविन्द पोखरेलले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उनलाई ५० हजार राशिको 'वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार' प्रदान गरेको हो ।

कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

पुरस्कार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले प्रदान गरेका थिए ।

उक्त अवसरमा कान्तिपुरकर्मी पोखरेलसहित वन तथा वातावरणसम्बन्धी समाचारमार्फत योगदान पुर्‍याएका राससका भिष्मराज ओझा र रेडियो नेपालकी बालिका मादेन पनि पुरस्कृत भएका थिए ।


प्रकाशित : जेष्ठ २२, २०८० १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?