पासाङ ल्हामु शेर्पाका श्रीमान्ले गरे सगरमाथा आरोहण


सोलुखुम्बु — सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।


यती समूहका अध्यक्षसमेत रहेका शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको समूका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
ल्हाक्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनी क्याम्प–२ बाटै फर्केका थिए । पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा बाटैमा निधन भएको थियो ।
यसैबीच बुधबार नै कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औं पटक सगरमाथाको चुचुरो पुगेका छन् । उनी विश्वमै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोही हुन् ।
प्रकाशित : जेष्ठ ३, २०८० १२:०७