कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

वनमा लागेको आगो निभाउने क्रममा दैलेखमा ११ जना घाइते

ज्योति कटुवाल

सुर्खेत — दैलेखमा वनमा लागेको आगो निभाउने क्रममा ११ जना घाइते भएका छन् । दैलेखको आठबीस नगरपालिका-६ सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ११ जना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले बताए । 

डीएसपी लम्सालका अनुसार ३ जनाको शरीरको धेरै भाग जलेको छ भने ८ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई अहिले आठबीसकोट नगर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।


प्रकाशित : वैशाख २७, २०८० १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?