कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपराष्ट्रपति उम्मेदवारीबारे आयोगको वक्तव्य संविधानभन्दा बाहिर छैन : शक्ति बस्नेत

'हामीले फलो गर्ने भनेको संविधान र कानुन हो । यसमा संविधान र कानुनले स्पष्ट भनेको छ । त्यसै अनुसार नै उपराष्ट्रपति चयन हुन्छ '
कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले संविधान र कानुनको मर्म र भावना अनुसार नै उपराष्ट्रपति चयन हुने बताएका छन् । निर्वाचन आयोगले जारी गरेको वक्तव्य पनि संविधानभन्दा बाहिर नरहेको उनले बताए ।

उपराष्ट्रपति उम्मेदवारीबारे आयोगको वक्तव्य संविधानभन्दा बाहिर छैन : शक्ति बस्नेत

९ दलका शीर्ष नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले निर्वाचन आयोगको वक्तव्य पनि संविधान अनुरुप नै रहेको बताएका थिए । 'वक्तव्य भन्दा पनि हामीले संविधान र कानुन अनुसार चयन गर्ने हो,' बस्नेतले भनेका छन् ।

पत्रकारहरूले निर्वाचन आयोगको वक्तव्यपछि प्रमुख आयुक्त दिनेश थपलियाको टिप्पणीलाई लक्षित गर्दै सोधेको प्रश्नमा बस्नेतले त्यसलाई आधार मान्न नसकिने संकेत गरेका थिए ।

'हामीले फलो गर्ने भनेको संविधान र कानुन हो । यसमा संविधान र कानुनले स्पष्ट भनेको छ । त्यसै अनुसार नै चयन हुन्छ । आयोगको वक्तव्य पनि संविधान अनुरुप नै छ । अन्यथा केही भएमा त्यसलाई आधार मान्न सकिँदैन,' बस्नेतले भनेका छन् ।

उपराष्ट्रपति निर्वाचन नजिकिरहँदा कुन समुदाय र लिंगको प्रतिनिधि उपराष्ट्रपति बन्नसक्छ भन्नेबारे संवैधानिक व्यवस्थाबारे अनेक बहस हुन थालेको छ । साथै यसबारे संवैधानिक व्यवस्था र निर्वाचन आयोगको मापदण्ड बाझिएको भन्दै टिप्पणी पनि हुन थालेको छ ।

प्रकाशित : फाल्गुन २६, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?