कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुन सक्छ : कांग्रेस नेता सिंह

दुर्गालाल केसी

दाङ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अब नयाँ गठबन्धन बन्न सक्ने बताएका छन् । प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नयाँ समीकरणको संकेत देखिन थालेको बताएका हुन् । उनले राष्ट्रपति निर्वाचनसँगै यही अवस्थाको गठबन्धन कायम हुन नसक्ने धारणा व्यक्त गरे ।

राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुन सक्छ : कांग्रेस नेता सिंह

अहिलेको सत्ता गठबन्धन भत्कन सुरु भइसकेको भन्दै उनले यसको टिकाउ धेरै समय नहुने बताए । सुदूरपश्चिम, लुम्बिनीलगायतका प्रदेश सरकारबाट नयाँ गठबन्धनको संकेत आइसकेको उनले बताए । ‘अहिलेको गठबन्धनमा समस्या बढेको प्रस्ट भइसकेको छ । प्रदेश सरकारमा त्यसको लक्षण देखिइसकेको छ,’ उनले भने, ‘अब नयाँ खालको समीकरण हुन सक्छ । राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुने सम्भावना देखिन्छ ।’

विगतका निर्वाचन र सरकारमा पनि फरक-फरक समीकरण बन्ने र भत्कने क्रम जारी रहेकाले यसपटक पनि केही फेरबदल हुनसक्ने उनले बताए । ‘हामीले यसअघिका निर्वाचन र सरकारमा विभिन्न खालका गठबन्धनको अभ्यास गरिसकेका छौं,’ उनले भने, ‘अब पनि यही गठबन्धन रहन्छ भन्ने छैन । पुरानै गठबन्धन फर्कने या नयाँ खालको बन्ने, जे पनि हुन सक्छ ।’

प्रकाशित : माघ २८, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?