कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५
‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ प्रकरण

'फिक्सर' को प्रलोभनमा आदिलले फ्याँकेका थिए नोबल र वाइड बल : सीआईबी 

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलमले नेपाल टी-२० लिगमा म्याच फिक्सरको प्रस्तावअनुसार बलिङ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगमा भएको स्पट फिक्सिङ र लाइभ बेटिङबारे जानकारी दिएको हो । 

'फिक्सर' को प्रलोभनमा आदिलले फ्याँकेका थिए नोबल र वाइड बल : सीआईबी 

सीआईबीले पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका महबुब आलमले कम्तीमा २ जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको खुलेको जनाएको छ ।

त्यस्तै आदिललाई एउटा नोबल र एउटा वाइड बल फाल्नका लागि एप्रोच आएको सीआईबीको अनुसन्धानमा खुलेको छ । उनले खेलेका कम्तीमा २ वटा खेलमा सोही प्रकृतिको खेल देखिएको पनि सीआईबीको दाबी छ ।

प्रहरीले आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

प्रकाशित : माघ १०, २०७९ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?