कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

तिलगंगा सिटी आई सेन्टरको उद्घाटन

तस्बिर : केशव थापा

काठमाडौँ — आँखा स्वास्थ्य सेवा एकै ठाउँबाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई सेन्टरको उद्घाटन गरिएको छ ।

तिलगंगा सिटी आई सेन्टरको उद्घाटन

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्यातिप्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञतासहित यो सेन्टर शनिबारदेरखि सञ्चालनमा आएको हो ।

सेन्टरको उद्घाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन् ।

सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्ने जनाइएको छ । आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाँच गरिने पनि सेन्टरले जनाएको छ ।

नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू प्रदान गर्ने, मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धी र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरु पनि सेन्टरले प्रदान गर्नेछ ।

प्रकाशित : भाद्र ९, २०८० ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?