कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपुरमा ग्रास रुट फुटबल कार्यक्रम सुरु

भक्तपुर — मध्यपुर यूथ एसोसिएसनले ग्रास रुट फुटबल कार्यक्रम सुरु गरेको गरेको छ । मध्यपुरथिमिस्थित एसोसिएसनको कार्यालयमा शनिबार मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले ग्रास रुट फुटबल कार्यक्रम प्रारम्भ भएको घोषणा गरे ।

मध्यपुरमा ग्रास रुट फुटबल कार्यक्रम सुरु

कार्यक्रमअन्तर्गत अहिले ११० जना बालबालिकालाई फुटबलको आधारभूत तालिम प्रदान दिइने जनाइएको छ । एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले हाल ११० जना बालबालिकालाई फुटबल प्रशिक्षण भइरहेको बताए ।

यो कार्यक्रम अन्तर्गत सुरुवातमा साप्ताहिक रूपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने उनको भनाइ छ । साप्ताहिक रूपमा हरेक शनिवार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका ११० जना बालबालिका रहेको एसोसिएसनले जनाएको छ ।

उनीहरूलाई उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राजेश मानन्धर, राकेश श्रेष्ठसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् । प्रशिक्षण बर्षभरि नै सञ्चालन गर्ने लक्ष्य रहे पनि वर्षाका कारण २ महिना सञ्चालन गर्न कठिनाइ हुने देखिएको अध्यक्ष सिंहले बताए । कार्यक्रममा ए डिभिजन लिगका च्याम्पियन प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०८० १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?