कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतीय गाडी एमजी जेडएसको बुकिङ खुल्यो

काठमाडौँ — एमजी गाडीको लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी एमजी जेडको प्रि–बुकिङ खुला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ ।

विद्युतीय गाडी एमजी जेडएसको बुकिङ खुल्यो

आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिङ्गल चार्जमै ३२० किलोमिटर वाइड रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसयूभीको ब्याट्री लाइफ ८ वर्षको छ । सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता सुविधा छन् ।

दुई वटा भेरियन्टमा गाडी उपलब्ध छ । एसयूभी कम्फर्ट भेरियन्टको मूल्य ४८ हजार ४९ हजार रुपैयाँ र डिलक्स भेरियन्टको मूल्य ५२ लाख ४९ हजार तोकिएको छ । वैशाखदेखि उपभोक्ताहरुलाई डेलिभरी गरिने र हाल १ लाख डिपोजिट तिरेर प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रकाशित : चैत्र १४, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?