कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोबल आईएमई बैंकका कार्डबाहकले दराजमा भुक्तानी गर्दा सामसुङ एम- ४ जित्ने

काठमाडौँ — ग्लोबल आईएमई बैंकले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअर्न्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट किनेको सामानको अनलाइन भुक्तानी गरी १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । दराजसँगको सहकार्यमा सार्वजनिक यो योजना चैत ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहने बैंकले जनाएको छ । 

ग्लोबल आईएमई बैंकका कार्डबाहकले दराजमा भुक्तानी गर्दा सामसुङ एम- ४ जित्ने

‘योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ। अनलाइन कार्ड भुक्तानी (इ–कमर्स)लाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ । ७७ वटै जिल्लामा बैंकको शाखा सञ्चालनमा छन् । कुल ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन् ।


प्रकाशित : चैत्र ५, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?