कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

काठमाडौँ — नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुधबार एक समारोहबीच एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र हस्तान्तरण गरे ।

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

क्यापिटलले आगामी साता औपचारिक रुपमा कम्पनी सञ्चालन गरी कारोबार सुरु गर्ने जनाएको छ । क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।

२२ करोड ५० लाख पुाजी रहेको क्यापिटलले थप प्रक्रिया पुरा गरेर निकट भविष्यमै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए । दक्ष व्यवस्थापनमार्फत कारोबार सुरु हुने र बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरु ल्याउने उनले बताए ।


प्रकाशित : चैत्र १, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?