कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलसँगको सहकार्यमा माघ २७ देखि महिला 'हृयाकथन' हुने 

काठमाडौँ — सिक्वल फाउन्डेसनले एनसेल आजियाटासँगको सहकार्यमा माघ २७ देखि महिला हृयाकथन कार्यक्रम आयोजना गर्ने भएको छ । देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत् छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलालाई लक्षित गर्दै ‘हृयाकिङ फर हृयुम्यानिटी’ थिममा महिला हृयाकाथन कार्यक्रम हुने भएको हो । यो हृयाकाथन माघ २९ गतेसम्म सञ्चालन हुनेछ । 

एनसेलसँगको सहकार्यमा माघ २७ देखि महिला 'हृयाकथन' हुने 

यसको प्रमुख उद्देश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको एनसेलले जनाएको छ । यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् । सिक्वल फाउन्डेसनका अनुसार छनोटमा परेका सहभागी महिलाका समूहले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइप बनाउने छन् । कार्यक्रमको तयारी स्वरुप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भइरहेको फाउन्डेसनले जनाएको छ ।

यस हृयाकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनासँग उनीहरुलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने एनसेलको दाबी छ । ‘यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी हृयाकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गर्नेछ’ एक विज्ञप्तिमार्फत एनसेलले भनेको छ ।


प्रकाशित : माघ १०, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?